बिहीबार, १३ वैशाख २०८१

इसेवाले ल्यायो ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना, हरेक दिन उपहार जित्न सकिने

समयपोष्ट २०७९ असोज १३ गते १७:२१

Advertisement

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ ।

दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैँको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो ।

यो योजना असोज १० गते देखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस योजना अन्तरगत इसेवा एपमा रहेको रु एक स्किममा भाग लिइ विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिन्छ । इसेवा दशैँ स्पेशलमा गइ रु १ मा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौं देखि नयाँ दिल्ली सम्मको हवाइ टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरी रु १ मै दुईजना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभ जि मोबाईल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स् प्याकेज प्राप्त गर्न सक्नेछन् । रु १ अफरमा सहभागी भइ विजेता बन्न नसकेका व्यक्तिहरुको एक रुपैयाँ फिर्ता हुनेछ ।

यसैगरि प्रयोगकर्ताले इसेवामा दशैँ अफर सेग्मेन्टमा गइ विशेष छुटमा टप ब्राण्डहरु सिजि, आइएनए सेन्टर, आइटिटिआइ लगायतका ब्राण्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ । विशेष छुटमा रेफ्रिजेरेटर,ल्यापटप,वाशिङ्ग मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युम लगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिनेछ ।

यसका साथै अफर अवधिभर अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्दा एक जनाले काठमाडौ कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरि इन्टरनेटको बिल तिर्ने प्रयोगकर्तामध्ये मध्ये हरेक दिन एक जनाले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । यस्तै दराज डिस्काउन्ट भौचरमार्फत रु एक सय देखि एक हजार एकसयसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट ,दुईसय देखि २१ सय सम्म ५ सय, ५ सय देखि ५१ सय सम्मको खरिदमा १२५० रिवार्डपोइन्ट पाउन सकिन्छ । यस अफर अन्तरगत इसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत,क्लव हिमालयमा १० प्रतिशत,हाम्रो श्रृंगारमा ५ प्रतिशत,टिएस आरमाोराईमा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री