बिहीबार, २० वैशाख २०८१

लुम्बिनीमा तीन वर्षदेखि थन्किएका बिजुली बस आजबाट सञ्चालनमा

समयपोष्ट २०७९ असोज १३ गते ८:१६

Advertisement

लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् ।

पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको सवारी साधन विगत तीन वर्षदेखि थन्किरहेको थियो । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनसंगै बस आजबाट सञ्चालनमा आउन लागेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृहमन्त्रीको पहलमा पाँच वटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुुभयो । थन्किएका बस निःशुल्करुपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

तत्काललाई बेलहियाबाट गौतमबुद्ध विमानस्थल हँुदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हँुदै तिलौराकोटसम्म बस सञ्चालन हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले जानकारी दिनुुभयो । कोषले सबै विद्युतीय बस तथा भ्यान यही असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा पनि ल्याउने भएको छ ।

Advertisement

मङ्गलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दसैँको उपलक्ष्यमा पाँच दिन चार्जिङ स्टेशन र गाडीको मेसिनरी परीक्षणस्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुुभयो । रु १२ करोडका पाँच बस र १४ भ्यान (ट्याक्सी) एडिबीले तीन वर्ष अघि दिएको थियो ।

अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन । गाडी चार्ज गर्न लुम्बिनीमै दुुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेशन बनाइए पनि बस सञ्चालन नहुँदा अनुदानकै रु १४ करोडमा निर्माण गरिएको उक्त प्लाण्टबाट रु ५४ लाख मूल्यको विद्युत्समेत खेर गइरहेको छ ।

गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडिबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानमा बस र भ्यान उपलब्ध गराएको थियो । विश्व सम्पदास्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कमगर्न पनि विद्युतीय गाडी अनुदान दिएको थिया ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री