मंगलबार, ६ चैत २०८०

मानव र हात्तिको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

समयपोष्ट २०७९ असोज १२ गते २०:४५

Advertisement

श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ ।

कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्ती रिपेलेन्ट (पटाका) आवश्यक पर्ने बताउनुभयो ।

हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा गाउँ निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको उहाँले बताउनुभयो ।

लामो समयदेखि जारी द्वन्द्वमा मानव र हात्तीको थप मृत्यु हुन नदिन स्थायी समाधानका लागि कदम चालिएको उहाँले विश्वास दिलाउनुभयो ।

पछिल्लो हात्ती गणनाअनुसार श्रीलङ्कामा हात्तीको सङ्ख्या करिब छ । उपलब्ध तथ्याङ्कअनुसार मानव–हात्ती द्वन्द्वका कारण वर्षेनी करिब ३०० हात्तीको मृत्यु हुने गरेको छ भने १०० भन्दा बढी मानिसको ज्यान समेत जाने गरेको छ । सन् २०१९ मा मानव–हात्ती द्वन्द्वमा श्रीलङ्कामा सबैभन्दा बढी ४०७ हात्तीको मृत्यु भएको थियो ।

श्रीलङ्कामा जङ्गली हात्तीको हत्या गर्नु फौजदारी अपराध हो तर आक्रोशित गाउँलेहरूले जनावरलाई विष खुवाएर वा गोली हानेका समाचारहरू बारम्बार आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री