शनिबार, ८ वैशाख २०८१

‘नाडा ईभी एक्सपो’ आजबाट

समयपोष्ट २०७९ असोज ६ गते ११:५४

Advertisement

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आयोजना गर्न लागेको विद्युतीय सवारीसाधनको एक्सपो ‘नाडा ईभी एक्सपो’ आजबाट सुरु हुँदैछ ।

असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने उक्त एक्सपोमा विभिन्न व्राण्डका इलेक्ट्रिक भेहिकल प्रर्दशन हुँदैछ ।

नाडाका अनुसार ईभी एक्सपोमा सहभागी हुने ४ पाङ्ग्रे ब्राण्डमा हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्ला छन् । २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस र ४ वटा वित्तीय संस्थाले समेत उक्त अटो शोमा भाग लिने आयोजकले जनाएको छ ।

नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री