बुधबार, २५ असार २०८२

कागजमा लेखिएका कुरा किन भएनन् कार्यान्वयन

समयपोष्ट २०७९ असोज ३ गते ८:२३

Advertisement

नेपालमा अहिलेको पुस्ताले जति रुपान्तरण देखेको छ, योभन्दा अगाडिको पुस्ताले देखेको थिएन । राजनीतिक रुपमा हेर्ने हो भने राजतन्त्रबाट बहुदलीय व्यवस्था हुँदै नयाँ संविधानसहित गणतन्त्रसम्म आइपुगेका छौं । यस्तो रुपान्तरण कमै मुलुकमा भएको छ । धार्मिकरुपमा हामी हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राज्यमा रुपान्तरण भएका छौं । यहाँ सामाजिक रुपान्तरण भएको छ । हामीले पुरुष महिलाबाट अन्य भन्नेलाई पनि स्थान दिएका छौं । यस्तो सामाजिक रुपान्तरण यहाँ भइसकेको छ । यो सबै रुपान्तरण हुँदाहुँदै पनि त्रिभुवन बिमानस्थलबाट लाइन लागेर युवापुस्ता किन विदेश गइरहेको छ ? राजनीति, धार्मिक र सामाजिक कारण थियो भने यसको रुपान्तरण भइसकेको छ, युवाहरु विदेशिनबाट रोकिनुपर्ने थियो । बितेको १४ वर्षलाई नियाल्दा यो सबै रुपान्तरण गन्तव्य होइन, बाटोमात्र रहेछ भन्ने भान भएको छ । नेपाली जनतालाई चाहिएको आर्थिक रुपान्तरण हो तर त्यही भएको छैन ।

जब देश सङ्घीयतामा जान्छ, सातै प्रदेशका प्रमुखहरु हुन्छन्, सबै पालिकामा जनताले चाहेजस्ता जनप्रतिनिधिहरु चुनिन्छन् अनि हामी आर्थिक रुपान्तरणको गन्तव्यमा पुग्छौं कि भन्ने जनभावना थियो । तीन छाक खाना, बालबालिकाको स्वास्थ्य शिक्षामा सबैको समान पहुँच पुगोस्, हाम्रोभन्दा पनि छोराछोरीको जीवनस्तर राम्रो होस् भन्ने थियो । चाहिएको पनि त्यही थियो । जब नयाँ संविधान बन्यो, सबै नेपाली एकदमै खुसी भए । सबै राजनीतिक दलको मुख्य एजेण्डा आर्थिक रुपान्तरण थियो । तर, कागजमा लेखिएका ती कुरा कार्यान्वयनमा आएनन् । त्यत्रो क्रान्तिपछि आएको राजनीतिक रुपान्तरणबाट आर्थिक रुपान्तरण ल्याउन उल्लेख भएको शब्दमा कमी छैन तर कार्यान्वय गर्ने पक्षमा समस्या आइरहेको छ ।

नेपालमा धनीलाई मात्रै धनी वा धनीलाई गरिब बनाएर आर्थिक रुपान्तरण हुँदैन । गरिबलाई धनी कसरी बनाउने ? त्यता ध्यान दिनुपर्छ । नेपालीहरुमा क्षमता छ भन्ने कुरा विदेशमा गएर श्रम गरेर नेपालमा रहेका परिवारलाई धनी बनाएर पुष्टि गरिसकेका छन् ।

आज पनि नेपालीहरु विश्वका विभिन्न मुलुकमा पुगेर पसिना बगाउँदै छन् । विदेशमा बुद्धि चलाउने र श्रम गर्ने नेपालीले नेपालमा आर्थिक रुपमान्तरण ल्याउन किन सकेनन् ? नेपालको बौद्धिक स्रोत, सीपयुक्त जनशक्तिलाई उचितरुपमा परिचालन गर्न हाम्रो देश चुक्यो । जबसम्म त्यस्ता जनशक्तिका लागि वातावरण तयार गर्न हामी सक्दैनौं, तवसम्म त्यस्ता युवापुस्ता त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रम रोकिने छैन । त्यो वातावरण बनाउने जिम्मा निजी क्षेत्र, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र सबै क्षेत्रमा लागेका व्यक्तिको हो ।

Advertisement

गएको ६० वर्षमा अधिकांश नेपाली जनता जो गाउँगाउँमा बस्थे, उनीहरुको घरमा पानी पर्दा पानी घरभित्रै पस्थ्यो, दुई छाकको सट्टा एक छाक खाएर जीवन अगाडि बढाइरहेका थिए, राम्रो शिक्षाको व्यवस्था थिएन, स्वास्थोपचार नपाएर मानिसहरुले अकालमा ज्यान गुमाउँथे । आज तिनै नेपालीका छोराछोरीहरु खाडी मुलुकदेखि विभिन्न राष्ट्रहरुमा पुगेका छन् । गाउँ–गाउँमा ग्यास र विद्युतीय चुलो पुगेका छन् । बालबालिकाहरु ड्रेस लगाएर स्कुल जाने भएका छन् । गाउँ–गाउँका मानिसहरुको जीवजस्तर माथि उठेको छ । आर्थिक रुपान्तरण त्यहाँ आएको छ ।

विकास भनेर अनिल शाहजस्तो मान्छेको विकास भएर देशको विकास हुँदैन । दोहामा एक नेपालीले कमाएको पैसा सीधा आफ्नो गाउँमा पठाउँछ । जसले पठायो, उसको परिवारमा त्यसले रुपान्तरण ल्याएको छ । आर्थिक रुपान्तरणको जरा त पलाइसक्यो । १०–१५ वर्षअघि जनताको जीवनस्तर कहाँ थियो र अहिले कहाँ छ ? ती व्यक्तिको पसिना, बुद्धि, विवेक अरु राष्ट्रले चलाएका छन् । यसमा त्रुटि नेतृत्व लिनेको छ । निजी क्षेत्र, सरकार, राजनीतिक दलको नेतृत्व लिनेको त्रुटि छ । त्यस्ता नेपालीको आर्थिक रुपान्तरणका लागि गाउँ–गाउँमा वातावण तयार गर्न नसक्दा उनीहरु विदेशिएका हुन् । आफ्नो परिवार, समाज, राष्ट्र छोडेर अन्जान ठाउँमा गएर काम गर्ने रहर कसलाई हुन्छ ? बेलायत, अमेरिका, अष्ट्रेलिया जाने पनि मेरो जीवन यहाँ राम्रो हुँदैन, त्यहाँ गयो भने यहाँ गर्नै नसकेको काम पनि गर्न सक्छु भनेर गएका हुन् । त्यसकारण समस्या आर्थिक हो भने समाधान पनि आर्थिक आउनुपर्छ । चुनावपछि गाउँ–गाउँमा घर–घरमा आर्थिक रुपान्तरणका कुरालाई पुर्‍याउनुपर्छ । अब पनि पुर्‍याउन सकेनौं भने आउने रेभुलुसन भनेको केही पनि होइन ।

आर्थिक रुपान्तरण भनेको अरु रुपान्तरणजस्तो होइन । हरेक नेपालीको घरघरमा, जीवनस्तरमा प्रभाव पार्नु आर्थिक रुपान्तरण हो । हरेक नेपाली झण्डा फरफराएर, जागिर खाएर हिँडोस् भन्दा पनि आफूले जे गरिरहेको छ, त्यो आफ्नै गाउँ–ठाउँमा गर्न पाइयोस् भन्ने चाहना हो ।

खाडीमा अधिकांश नेपालीहरु निर्माण क्षेत्र र सेवामूलक क्षेत्रमा काम गर्छन् ।नेपालमा राजमार्ग, ट्रान्समिसन लाइन, पुल सबै चाहिएको छ । अन्य मुलुकमा गएर हाम्रा नेपालीहरुले त्यही बनाइरहेका छन् । उहाँहरुलाई नेपालमै ल्याएर त्यो बनाउन सकिन्छ । आज खाडीमा गएर हेर्दा सबैभन्दा राम्रो पूर्वाधार देखिन्छ, जुन नेपालीहरुले नै बनाएका हुन् । नेपाली लेवरमात्र होइन इञ्जिनियर, सुपरभाइजर, म्यानेजर सबै छन् । उहाँहरुलाई त्यो वातावरण बनाइदिने हो भने यहीँ फर्किएर आउनुहुन्छ । त्यस्तै, धेरै नेपालीहरु विभिन्न होटल, रेष्टुरेण्टमा काम गरिरहनुभएको छ, सीप सिक्नुभएको छ । उहाँहरुले त्यही किसिमको आम्दानी नेपालमा गर्न सक्नुभयो भने यहीँ आएर काम गर्न सक्नुहुन्छ । अष्ट्रेलिया, युरोपमा जो आफ्नो बुद्धि चलाइरहनुभएको छ, उहाँहरु फर्किनुहुन्छ । आर्थिक रुपान्तरण भनेको अरु रुपान्तरणजस्तो होइन । हरेक नेपालीको घरघरमा, जीवनस्तरमा प्रभाव पार्नु आर्थिक रुपान्तरण हो । हरेक नेपाली झण्डा फरफराएर, जागिर खाएर हिँडोस् भन्दा पनि आफूले जे गरिरहेको छ, त्यो आफ्नै गाउँ–ठाउँमा गर्न पाइयोस् भन्ने चाहना हो । जसरी त्यही काम गरेर विदेशमा राम्रो भइरहेको छ, त्यही आफ्नो ठाउँमा गरेर त्यस्तै किसिमको जीवन बाँच्न पाइयोस् भन्ने हो । नेपालमा धनीलाई मात्रै धनी वा धनीलाई गरिब बनाएर आर्थिक रुपान्तरण हुँदैन । गरिबलाई धनी कसरी बनाउने ? त्यता ध्यान दिनुपर्छ । नेपालीहरुमा क्षमता छ भन्ने कुरा विदेशमा गएर श्रम गरेर नेपालमा रहेका परिवारलाई धनी बनाएर पुष्टि गरिसकेका छन् । त्यसकारण नेपालको आर्थिक रुपान्तरणका लागि विदेशिएका नेपालीलाई फर्काएर उनीहरुले केही व्यवसाय गर्ने वातावरण हामीले बनाइदिनुपर्छ ।

अनिल शाहले ३३ वर्ष बैङ्किङ क्षेत्रमा रहेर १७ वर्ष सीईओ भएर छोडेर मिट नेपाल भन्ने संस्थाबाट युवा नेतृत्वको विकास गर्दैछ । विद्यार्थी, निजी क्षेत्र, व्युरोक्र्यासी, जनप्रतिनिधिहरुलाई मैले जे सिकेको छु, त्यो बाँड्दै छु । मजस्तै अरुले पनि त्यस्तै केही गरुन् । अनि युवाहरुलाई अवसर दिऊन् । कुनै पनि क्षेत्रको नेतृत्वमा बसिसकेपछि अझ राम्रो कसरी बनाउने भन्ने अनुभव मैले दिने हो । म जहाँ पुगें, त्यहाँ पुग्न मलाई जति समय लाग्यो, त्यति समय अबका युवालाई नलागोस् । एउटै व्यक्तिले लामो समय कुर्सी समातेर बस्ने हो भने न युवाले अवसर पाउँछन् न उनीहरुको सोच, अनुभवको सदुपयोग नै हुन्छ । त्यसकारण युवालाई अवसर दिनुपर्छ । (कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित सामाग्री