मंगलबार, २५ वैशाख २०८१

प्रभु बैंक र अर्बन बुटिक होटलबिच छुट सम्झौता

समयपोष्ट २०७९ भदौ २१ गते १९:४९

Advertisement

प्रभु बैंक लिमिटेड र पोखरा स्थित अर्बन बुटिक होटल प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र अर्बन बुटिक होटल प्रा. लि.का तर्फबाट अध्यक्ष शकुन्तला गुरुङ्गद्धारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले अर्बन बुटिक होटल प्रा. लि.द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौता अन्तर्गत अर्बन बुटिक होटल प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अर्बन बुटिक होटल प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

Advertisement

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री