बुधबार, २६ वैशाख २०८१

अघि बढ्यो ३०.५९ मेगावाटको यारु खोला जलविद्युत आयोजनाको काम, इआइए प्रतिवेदनमाथि सुझाव माग

समयपोष्ट २०७९ भदौ २१ गते १२:३६

Advertisement

गोरखामा बन्न लागेको अर्ध जलाशययूक्त आयोजना यारु खोला जलविद्युतको प्रस्तावित वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमाथि राय/सुझाव माग गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयले सूचना निकालेर आयोजनाले तयार पारेको प्रस्तावित वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमाथि सात दिनभित्र राय सुझाव दिन भनिएको हो ।

गोरखाको धार्चे गाउँपालिका-१ मा निर्माण हुन लागेको ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत आयोजना अर्ध-जलाशययुक्त आयोजना हो।

यसको डिजाइन डिस्चार्ज २.७३ घनमिटर हुनेछ भने ग्रस हेट १३३९ मिटर रहने छ । आयोजनाको संरचना अन्तर्गत सतही विद्युतगृह निर्माण हुनेछ। आयोजना ३१ मिटर लम्बाइ, २०.३ मिटर चौडाइ र २३.५ मिटर उचाइ भएको रिजर्भ्वायर ३७५१ वर्गमिटरमा फैलनेछ।

Advertisement

आयोजनामा तीन वटा टर्बाइन हुनेछ। आयोजनामा ९३ मिटरको टेलरेस, ३६३५ मिटरको हेडरेस टनेल, ३९ मिटर गहिराइको सर्जसाफ्ट हुनेछ। २५७० मिटर लम्बाइको पेनस्टक पाइप राखिने छ । आयोजनासम्म पुग्न १३.५ कि.मि पहुँचमार्ग निर्माण गर्नुपर्नेछ।

आयोजना निर्माणका लागि १५.३७ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमध्ये ११.७७ हेक्टर स्थायी र ३.६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्छ। राष्ट्रिय वनको ११.२ हेक्टर र निजी जग्गा ४.२५ हेक्टर आवश्यक पर्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री