शनिबार, २२ वैशाख २०८१

नोट छाप्न राष्ट्र बैंकद्धारा टेण्डर आह्वान

समयपोष्ट २०७९ भदौ २१ गते १२:०५

Advertisement

नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको ४३ करोड वटा नोट छाप्न अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको

राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो ।

राष्ट्र बैंकले सूचना प्रकाशन भएको मितिले ४६ औ दिनको दिउँसो १२ बजे भित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले प्रस्तवा पेश गर्दा ४ करोड १५ लाख धरौटी राख्नु पर्ने जनाएको छ ।

यस टेण्डरमा १० वटा कम्पनीले मात्र सहभागिता जनाउन सक्ने छन् ।

Advertisement

यी हुन् नोट छाप्न योग्य रहेका कम्पनी :

1. Casa da Moeda do Brasil, Brazil

2. China Banknote Printing and Minting Corporation, China

3. Crane A.B., Sweden

4. De La Rue International Limited, United Kingdom

5. Giesecke+Devrient Currency Technology GmbH, Germany

6. Joint Stock Company “Goznak”, Russia

7. Korea Minting, Security Printing & ID Card Operating Corp., Korea

8. Oberthur Fiduciaire SAS, France

9. Orell Füssli Security Printing, Switzerland

10. Security Printing and Minting Corporation of India Limited, India

प्रतिक्रिया

सम्बन्धित सामाग्री