बुधबार, २६ वैशाख २०८१

बुटवल-लुम्बिनी प्रसारणलाइन तथा मैनहिया सबस्टेसन सञ्चालनमा

समयपोष्ट २०७९ भदौ २० गते १४:०१

Advertisement

योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारणलाइन आजबाट सञ्चालनमा आएको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले सोमबार बुटवल–लुम्बिनी डबल सर्किट प्रसारणलाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गरेकी छन्। प्रसारणलाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । यो संचालनसँगै भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ।

उद्धघाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताईन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको र उद्योगहरूलाई मागे जति विद्युत् दिन सकिने अवस्था बनेको बताउनुभयो । बुटवल सबस्टेसनमात्र विद्युत् आपूर्ति दिँदा विगतमा समस्या रहेको उल्लेख गर्दै उनले अब यस क्षेत्र विद्युत् हब बनेको र वितरण प्रणालीमा सुधार भएको बताए ।

Advertisement

स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडर अहिले सञ्चालनमा रहेका छन् । विद्युत्को भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ ।

१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१ मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९ को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री