शनिबार, २२ वैशाख २०८१

११ अर्बले बढ्यो बैंकहरुको निक्षेप

समयपोष्ट २०७९ भदौ २० गते १३:४०

Advertisement

बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३७ अर्ब कायम भएको छ ।

बैंकर्स संघका अनुसार भदौ महिनाको १० गतेसम्म ४४ खर्ब २६ अर्ब रहेकोमा भदौ १७ गतेसम्म बैंकहरुको निक्षेप ११ अर्बले बढेर ४४ खर्ब ३७ अर्ब कायम भएको छ ।

कर्जा प्रवाह १ अर्बले बढेको छ । संघका अनुसार भदौ ७ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ८० अर्ब रहेकोमा भदौ १७ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १ अर्बले बढेर ४१ खर्ब ८१ अर्ब पुगेको छ ।

यस अवधिमा बैंकहरुको सिडी रेसियो ८८.४२ प्रतिशत रहेको संघले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री