शनिबार, २२ वैशाख २०८१

प्रभु र सेञ्चुरी बैंकले मर्जरमा जान पायो स्वीकृति

समयपोष्ट २०७९ भदौ २० गते ७:५८

Advertisement

प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकले मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेका छन् ।

राष्ट्र बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले प्रभु र सेञ्चुरी कर्मसियल बैंकलाई गाभ्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो।

दुई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभिने गरी सम्झौता भएको छ। सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन्। संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मशान्तसम्म मर्जरको एकिकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ। यसै कारण यी दुई बैंकले पुस अघिनै मर्जर सम्पन्न गर्ने तयारी गरेका छन्।

Advertisement

हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जर पछि चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री