शनिबार, ५ जेठ २०८१

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र सेती प्रादेशिक अस्पतालबिच प्रत्यारोपण सेवा सुरु गर्ने सम्झौता

समयपोष्ट २०७९ भदौ १९ गते २०:४०

Advertisement

धनगढीस्थित सेती प्रादेशिक अस्पताल र भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबिच प्रत्यारोपण सेवा सुरु गर्ने सम्झौता भएको छ ।

आइतबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र सेती प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयबिच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

यससंगै अब सेती प्रादेशिक अस्पतालमा यसै आर्थिक वर्षबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिनेछ । यस्तै, प्रदेशअन्तर्गतका विभिन्न अस्पतालमा डाइलाइसिस सेवा विस्तार गरिनेछ ।

उक्त कार्यका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम, अध्यापन आदिको व्यवस्था गर्नेछ । यस्तै, सहमतिमा मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण कार्य प्रभावकारी बनाउन कार्ययोजना प्रस्तुत गर्ने, सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण फेलोसीप, एमसीएच युरोलोजी, डिएम नेफ्रोलोजी र नर्सिङ विषयको स्नातक एवं स्नातकोत्तर तहलगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने समेत उल्लेख छ ।

Advertisement

सरकारले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण गर्ने घोषणा अनुसार धनगढीमा पनि प्रत्यारोपण सेवा सुरु गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री