शनिबार, ५ जेठ २०८१

सनराइज बैंक एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ अवार्डबाट सम्मानित

समयपोष्ट २०७९ भदौ १६ गते २०:५९


सनराइज बैंक भिसा इन्टर्नेसनलबाट ‘याक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’अवार्डबाट सम्मानित भएको छ ।

Advertisement

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम डुंगानाको समुपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरेको हो ।

बैंकले सहकारी सदस्यहरुलाई भिसा नेटवर्क भित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो ।

नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिदै आएको छ । यसका साथै समय साप्रेक्षरुपमा प्रविधि युक्त विभिन्न सेवा सुविधाहरु समेत दिदै आएको छ ।

जसमा कार्डलेस, विदड्रल,ट्याप एण्ड पे, आफ्नै फोटो राख्ने डेबिट काडर्, मिस्डकल रिचार्ज, अनलाइन अकाउण्ड ओपनिंग आदि छन् । हाल बैंकले आफ्ना ग्राहकहरूलाई ३ लाख भन्दा बढी भिसा कार्डहरू जारी गरेको छ । बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री