शनिबार, ६ कार्तिक २०७८

दशैँमा सिनेमा हल खुल्ने

पत्रपत्रिका २०७८ असोज ११ गते ७:१८

Advertisement

चलचित्रकर्मीले दशैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ ।

नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भन्नुभयो, “निर्माताहरूसँग छलफल भइरहेका कारण दशैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ”
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हल खुलाउनेबारे छलफल गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गर्नुभएको बताउनुभयो ।

दर्शकलाई घरभन्दा सिनेमा घरमा सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिएमा मात्र दर्शकलाई आकर्षित गर्न सकिने बताउँदै उहाँले थप्नुभयो, “स्वास्थ्यभन्दा ठूलो चलचित्र पक्कै पनि हुँदैन । त्यसैले पनि तयारी गर्नुपर्नेछ । ” आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री