बिहीबार, २६ असार २०८२

अनेमसंघ क्रान्तिकारीले तारकेश्वर नगर प्रमुख समक्ष बुझायो ज्ञापनपत्र

समयपोष्ट २०७८ असोज ७ गते १७:३८

Advertisement

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट महिला संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले महिला हक अधिकार कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

अनेमसंघ क्रान्तिकारीले “संविधान प्रदत्त महिला अधिकार कार्यान्यन हाम्रो अभियान, एकताबद्ध महिला संगठन सुदृढ, विस्तार र महिला जागरण” नारा सहित संचालन गरिरहेको बिज अभियान अन्तर्गत बिहीबार तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा समक्ष अधिकार कार्यान्वयको माग गरी अनेमसंघ क्रान्तिकारी काठमाडौ जिल्ला सह-सचिव तथा तारकेश्वर नगर इन्चार्ज देविना कार्की (विना)को नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हाे ।

तारकेश्वर नगरपालिकाका प्रमुख बोहोरासमक्ष विभिन्न १२ बुँदे माग राखी ज्ञापन पत्र बुझाएको इन्चार्ज कार्कीले जानकारी दिईन् ।

Advertisement

ज्ञापनपत्रमा विभिन्न सार्वजनिक स्थलहरु अस्पताल, शिक्षण संस्थाहरु भएकाे क्षेत्रमा ध्रम्रपान, मद्यपान र जुवातास निशेषित क्षेत्र घाेषणा गर्नुपर्ने, माध्यमिक तहसम्म किशोरी मैत्रि वातावरण बनाउने किशोरीहरुलाई आराम कक्ष, व्यवस्थित शौचालय र सेनेटरि प्याडकाे व्यवस्था गर्नुपर्ने, सबै पालिका भित्रका माध्यमिक बिद्यालयहरुमा एक जना स्टाफ नर्सकाे व्यवस्था गर्नुपर्ने, आमाकाे नामबाट नागरिकता पाउने र छाेरा सरह छाेरीले पनि पैत्रिक सम्पत्ति समान अधिकारकाे व्यवस्था गर्नुपर्ने, लैङ्गकि उत्तरदायी सम्बन्धि १० प्रतिशत बजेट व्यवस्था गरि सीपमुलक तालिमहरुकाे व्यवस्था गर्नुपर्ने, महिला हिंसा मुक्त पालिका घाेषणा गर्नुपर्ने, प्रत्येक स्थानीय तहमा सेफ हाउसकाे व्यवस्था गर्नुपर्ने, गर्भवती महिलालाई नि:शुल्क अस्पताल सहित सुत्केरी हुने वातावरण व्यवस्था गर्नुपर्ने, हिंसा पिडित महिलालाई न्यायिक समितद्वारा तत्काल न्याय दिने र छाेरी जन्मेपछि नि:शुल्क बैंक खाता र छाेरीकाे लागि माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षाकाे व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री