आइतबार, २२ असार २०८२

अखिल क्रान्तिकारी अर्घाखाँची अध्यक्षमा सुदिप खनाल

समयपोष्ट २०७८ असोज ६ गते २०:०९

Advertisement

अशोक खनाल/अर्घाखाँची
अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २५ औं जिल्ला सम्मेलन अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ ।

बुधबार जिल्लाको पाणिनि क्याम्पसमा भएको सम्मेलनले सुदिप खनालको अध्यक्षतामा ३८ सदस्सीय जिल्ला समिति सर्बसम्मत चयन गरेको हो । जसको उपाध्यक्षहरुमा क्रमश वसन्त बिक, बाबुराम रसाइली, मिलन पान्डे सचीवमा राजेन्द्र भुसाल, सह सचिवमा मनिषा जिसि, माधब बेल्बासे र कोषाअध्यक्षमा जीवन खनाल सर्बसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा डा। दोबिन भुसाल, जुना पान्डे, यलिशा पान्डे, युबराज न्यौपाने, अबिना शारु मगर, आश गाहा मगर, बिष्णु पान्डे, सन्तोष बस्नेत, बिनोद खड्का, सुजन खनाल, लक्ष्मण उचाई युबराज खनाल नवीन रसाइली, बिक्रम नेपाली, सन्दीप पान्डे, सुशील खत्री, अभिषेक परियार, प्रकाश भट्टराई, सपना बिक, सुस्मिता श्रेष्ठ, आयुस बिक, अर्जुन चुँदाली, अबिनास अधिकारी, सन्ध्या पान्डे, सागर बिक, सिवानी श्रेष्ठ, बिपिन भट्टराई, दिपक पन्थी र कृतिमा पोख्रेल रहेका छन् ।

Advertisement

अखिल क्रान्तिकारीका केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश संयोजक नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली, अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह संयोजक अनुप पोख्रेल, माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य छमकुमारी खनाल, माओबादी केन्द्रका जिल्ला कार्यालय सदस्य राजेन्द्र भुसाल, वाइसीएल नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सहसंयोजक ठाकुर सौराग, केन्द्रिय सदस्य कृष्ण सारु, माओबादी जिल्ला समन्वय समितिका सदस्य बिष्णु ढुंगाना, अखिल क्रान्तिकारी रुपन्देहीका उपाध्यक्ष टिकाराम आचार्य, पाणिनि बहुमुखी क्यम्पसका निमित्त क्याम्पस प्रमुख बाबुराम शर्मा, उपप्राध्यापक दोर्ण प्रसाद भुसाल, कपिलवस्तु जिल्ला कमिटी कोषाअध्यक्ष कमल बन्जाडे, बुटवल क्याम्पसका उपाध्यक्ष गगन नेपाली, अखिल क्रान्तिकारीका पुर्ब जिल्ला सचीव रामकृष्ण बिक तथा विद्यार्थी नेता लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री