शुक्रबार, ७ वैशाख २०८१

आम्दानी दोब्बरले बृद्धि हुन्छ, दराजमा राख्ने गर्नुहोस् यस्ता चिज

समयपोष्ट २०७८ भदौ २९ गते २१:०१

Advertisement

वास्तु अनुसार घरको तिजोरी सही दिशातर्फ फर्काएर राख्दा धन हानी हुने समस्याबाट राहत मिल्छ ।

त्यसकारण घरको दराज अथवा तिजोरी जहिले सही दिशातफ फर्काएर राख्नुपर्छ । पूर्व दिशामा घरको सम्पत्ति र तिजोरी राख्नु निकै शुभ हुने गर्दछ। यसबाट उपलब्ध सामग्रीमा वृद्धि हुने गर्दछ। पश्चिम दिशामा धन-सम्पत्ति र आभूषण राखियो भने घरको मुखियालाई धन कमाउन निकै कठिनाई हुने गर्दछ। उत्तर दिशा धन, सुन, चादीँ र आभूषण राख्नाले नोक्सान त हुदैन तर बढ़ोत्तरी पनि हुँदैन। भर्याङको मुनि दराज राख्नु शुभ मानिन्न। भर्याङको अथवा शौचालयको अगाडि दराज राख्न हुदैन। दराज भएको कोठामा फोहोर, माकुराको जालो हुनाले नकारात्मक ऊर्जा उत्पन्न हुने गर्दछ। घरको दराजमा लक्ष्मीको तस्वीर अंकित चाँदीका सिक्का राख्नु निकै शुभ मानिन्छ । जसमा दुवै हात्ती सूंड उठाएका देख्न सकिन्छ। यस्तो तस्वीर अंकित चाँदीको सिक्का राख्दा सधैँ लक्ष्मी माताको कृपा प्राप्त हुने र धन सम्पत्तिमा वृद्धि हुने शास्त्रमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री