शुक्रबार, ७ वैशाख २०८१

डिश मिडिया र नेपाल क्रिकेट संघ विच सि डब्लु सि लिग ट्रि नेशन सिरिज प्रत्यक्ष प्रशारण गर्ने सम्झौता

समयपोष्ट २०७८ भदौ २८ गते १८:०८

Advertisement

नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेड विच नेपाल र ओमानमा हुने एक दिवसीय अन्तराष्ट्रिय सि डब्लु सि लिग ट्रि नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा भएको छ ।

सहमति पत्रमा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सि डब्लु सि लिग ट्रि नेशन सिरिजका छ वटा म्याचहरु भाद्र २८ गते देखि असोज ४ गते सम्म हुने छ । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले Action Sports HD1 र डिशहोम GO OTT APP मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

जस अन्तर्गत नेपाल र अमेरिका विच भाद्र २८ गते, ओमान र नेपाल विच भाद्र २९ गते, ओमान र अमेरिका विच भाद्र ३१ गते, नेपाल र अमेरिका विच असोज १ गते, ओमान र नेपाल विच असोज ३ गते र ओमान र अमेरिका विच असोज ४ गते खेल हुने छ । सम्पुर्ण खेलहरु नेपाली समय अनुसार ४:१५ बजे ओमानको AL Amerat Cricket Stadium , Muscat बाट प्रत्यक्ष प्रशारण हुने डिश होमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री