बिहीबार, १५ चैत २०८०

बालदिवसको अवसरमा बालबालिकाले सुनाए बालकविता

समयपोष्ट २०७८ भदौ २७ गते १३:२९

Advertisement

राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बालसाहित्य समाजले ‘बालकविता वाचन कार्यक्रम’ आयोजना गरेको छ । नवसर्जक साहित्य चौतारी, नेपाल, नेपाल आदर्श मा.बि काठमाडौँ र बकेना बालबाटिका स्कुल, चितवनसँगको सहकार्यमा यो कार्यक्रम भएको हो ।

लोकप्रिय बालसाहित्य सर्जक बूँद रानाको प्रमुख आतिथ्य, प्रभा भट्टराईको विशिष्ट आतिथ्य तथा प्रतिभावान् छात्रा इलिशा पराजुलीको विशेष आतिथ्यतामा भएको कार्यक्रमको संयोजन तथा सञ्चालन नेबासासका महासचिव यशु श्रेष्ठले गरेका थिए । नेबासासका अध्यक्ष प्रा.डा ध्रुवकुमार घिमिरेको सभापतित्वमा अगाडि बढेको यस कार्यक्रममा बालबालिकाहरूले असाध्यै उत्सुक भएर कविता वाचन गरेका थिए भने सँगसँगै पाका सर्जकहरूले पनि बालकविता वाचन गरेका थिए ।

भाद्र २६ गते बालदिवसको पूर्वसन्ध्यामा आयोजित यस वेबिनारमा प्रा.डा कपिलदेव लामिछाने, हरिप्रसाद भण्डारी, रमेशचन्द्र घिमिरे, रामविक्रम थापा, इन्द्रप्रसाद अधिकारीलगायतका बालप्रिय सर्जकहरूको उपस्थिति रहेको थियो । बालसाहित्य सर्जक ललिता दोषी, बिमला ढुङ्ना, सरस्वती श्रेष्ठ, पार्वती भट्ट तथा बालबालिकाहरू शोभा बरुवाल, बसन्ती कुँवर, विभूति अधिकारी, सोहन श्रेष्ठ, प्रभास घिमिरे, समर्पण न्यौपाने, सोहिना दाहाल, सिवांस यास्नालगायत धेरै भाइबहिनीहरूले बालकविता वाचन गरेका थिए । नेबासासको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको यस कार्यक्रमलाई रेडियो कैरन ९८.४ मेघाहर्ज, बाम्तीभणडार, रामेछापले पनि प्रशारण गरेको थियो ।

नेबासासकै आयोजनामा एक महिनाअगाडि बालकविता लेखन प्रशिक्षण भएको थियो । प्रशिक्षणमा प्रशिक्षित बालबालिकाले यसरी उत्साहित भएर कविता लेख्‍नु र वाचन गर्नुले बालसाहित्यिक क्षेत्रमा एक बूँद भए पनि उत्साह थपेको महसुस सहभागीहरूले गरेको थिए । “बालबालिकाबाट मैले धेरै कुरा सिकेको छु । आजको कार्यक्रममा पनि धेरै कुरा सिकेँ । हामी ठुलाले मात्र जानेका हुन्छौँ भन्ने होइन । साना नानीबाबुबाट धेरै कुरा सिक्न र जान्न सकिन्छ ।” भन्दै यसको उदारहणसहित मन्तव्य व्यक्तै गर्दै प्रमुख अतिथि बूँद रानाले आफ्ना बालरचनाहरू सुनाएका थिए । विशिष्ट अतिथि प्रभा भट्टराइ, विशेष अतिथि इलिसा पराजुली, अतिथि प्रसन्ना चौँलागाईँलगायतका अतिथिज्यूहरूले पनि मन्तव्यसहित बालकविता वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री