सोमबार, १५ असोज २०८०

नेपाल दुरसञ्चार प्राधिकरणले अप्टिकल फाइवर विस्तार गर्नका लागि गर्यो टेण्डर आह्वान

समयपोष्ट २०७३ असोज १४ गते ६:३८


काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले प्रदेश नं ४ र पाँचमा अप्टिकल फाइवर विस्तार गर्नका लागि टेण्डर आह्वान गरेको छ।

Advertisement

प्राधिकरणले नुवाकोटको पाथिभन्ज्याङदेखि दैलेख जिल्लाको डल्लुसम्म दुवै प्रदेशका २१ जिल्ला समेट्नेगरी  फाइवर विस्तार गर्नका लागि टेण्डर आह्वान गरेको हो। 

प्राधिकरणले प्रदेश नं १, २ र ३ मा नेपाल टेलिकमलाई अप्टिकल फाइवर विस्तार गर्न सम्झौता गरेको दुईदिन वित्न नपाउँदै पश्चिम क्षत्रको प्रदेश नं ४ र ५ का लागि पनि अप्टिकल फाइवर विस्तारका लागि टेण्डर आह्वान गरेको हो। 

प्रदेश ४ मा नुवाकोट र गोरखाको सिमानादेखि दैलेख जिल्लासम्म नौसय ९३ किलोमिटरका लागि र प्रदेश ५ मा नवलपरासीदेखि बर्दियासम्मको एकहजार एकसय २४ किलोमिटरका लागि प्राधिकरणले नयाँ टेन्डरको तयारी गरेको हो।

मध्य पहाडि लोकमार्ग भएर विस्तार हुने फाइवर प्रत्येक जिल्लाको सदरमुकाम हुँदै गाउँगाउँमा पुग्नेछ।

 प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषमार्फत देशका पहाडी जिल्लामा अप्टिकल फाइबर पुर्याउने योजना अघि बढाएको हो। 

यो प्रोजेक्टका लागि हाल भ्वाइस सेवा दिइरहेका मोवाइल अपरेटर र दश वटा नेटवर्क अपरेटरहरुलाई पनि प्रतिस्पर्धामा ल्याउनेगरी प्राधिकरणले नियम बनाएको छ । 
नेटवर्क अपरेटरहरुको लगानी र सहवित्तियकरणका लागि संयुक्त रुपमा जान सक्नेगरी प्राधिकरणको सञ्चालक समितिले नियम पारित गरेको हो। यसमा बढीमा तीनवटासम्म सेवा प्रदायकहरु भाग लिन सक्नेछन्। 
 
ग्रामिण दूरसञ्चार कोषमा भएको करिव १३ अर्ब रुपैयाँले अप्टिकल फाइबरसँगै गाउँगाउँका स्कुल,स्वास्थ चौकी र सार्वजनिक स्थानसम्म इन्टरनेटको पहुँच विस्तार गर्नुपर्ने प्रावधान छ। 

अप्टिकल फाइबरमार्फत् प्रत्येक जिल्लामा सहज इन्टरनेटको पहुँच पुर्याउन २०५१ सालदेखि दुरसञ्चार सेवा प्रदायकहरुले कोषमा रकम जम्मा गर्दै आएका छन्।

 अप्टिकल फाइबर विस्तारका लागि मा प्रदेश ४ र ५ का लागि भ्वाइस सेवा दिइरहेका नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएल, हेल्लो नेपाल , सिजी टेलिकमले भाग  लिन पाउनेछन्।

त्यसैगरी   नेटवर्क सर्भिस प्रोभाइडरवाट वर्डलिन्ङ कम्युनिकेसन, मर्कन्टाइन कम्युनिकेशन, हिमालयन अनलाईन सर्भिस, भायनेट कम्युनिकेसन, वेभसर्फर कम्युनिकेसन, सुविसु केवल नेट, ब्रोडलिन्क कम्युनिकेसन, रेडियस कम्युनिकेसन लगायतले पनि सहभागी  हुन पाउने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री