शनिबार, ८ वैशाख २०८१

सार्कका संयन्त्रको पुनर्संरचना गर्दै नयाँ कार्ययोजनाका साथ अघि बढ्नुपर्छ :प्रधानमन्त्री

समयपोष्ट २०७३ असोज १३ गते ७:५१


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्कका संयन्त्रको पुनर्संरचना गर्दै नयाँ कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताएका छन् । 

Advertisement

व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा बिहिबार काठमाडौमा सुरु भएको सार्कको प्रभावकारिता सम्बन्धी क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले तीन दशकको बीचमा सहमति गर्ने, प्रतिबद्धता जनाउने र संयन्त्र बनाउने काम भएपनि सहमति र प्रतिबद्धता कार्यन्वयन गर्न सार्कका संयन्त्रहरु सफल हुन नसकेकाले सार्कका संयन्त्रको पुनर्संरचना गर्दै नयाँ कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताएका हुन्  । 

उनले सार्कमा प्राकृतिक स्रोत र जनशक्तिको ठूलो सम्भावना रहेको र ती सम्भावनालाई अवसरको रुपमा प्रयोग गरेर जनतालाई प्रतिफल दिने दिशामा सदस्य मुलुकहरुको ध्यान जानुपर्ने समेत बताए ।

दाहालले सार्क औपचारिकतामा मात्र सिमित हुने आशंका सर्वसाधारणबीच रहेको भन्दै त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए । 

क्षेत्रीय सम्मेलनमा सार्कको पछिल्लो तीन दशकको उपलव्धि, आर्थिक सहकार्य, विश्वासको वातावरण निर्माण जस्ता विषयमा विज्ञले अन्तक्र्रिया गर्नेछन् ।

सम्मेलनबाट निस्किएका निष्कर्षलाई सार्क शिखर सम्मेलनमा सुझावका रुपमा प्रस्तुत गरिनेछ ।

क्षेत्रीय सम्मेलनमा सार्कका सबैजसो सदस्य मुलुकका प्रतिनिधिको सहभागिता रहेको  छ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री