शुक्रबार, १४ वैशाख २०८१

नेपाल वायुसेवा निगमको रोकिएका तिन स्थानका उडान सुचारु 

समयपोष्ट २०७३ असोज १३ गते ७:०९

 

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले रोकिएका तिन स्थान पोखरा, भैरहवा र सिमरा उडान बुधबारबाट सुचारु गरेको छ।

 दसैं, तिहारजस्ता पर्वमा यात्रुको चाप र सुविधालाई लक्षित गरी उडान भरिएको निगमले जानकारी दिएको छ । 

निगमको सिमरामा पाँच वर्षदेखि उडान हुनसकेको थिएन । पोखरा र भैरहवामा भने जहाज बिग्रिएका कारण केहि महिनाअघि उडान रोकिएको थियो। 

निगमसँग आन्तरिक उडानका लागि चारवटा जहाज मात्र  छन् । हाल तीनवटा जहाजले मात्रै उडान भर्दैआएका छन् । बिग्रिएको जहाज पनि मर्मत भइसकेकाले अबको पाँच दिनभित्रमा उडान भर्ने निगमले जनाएको छ । 

निगमले पोखराका लागि दुई हजार ५५०, भैरहवा तीन हजार २५, र सिमराको दुई हजार २२५ रुपैयाँ भाडा निर्धारण गरेको जनाएको छ । 
 निगमको हाल एक बोइङ र दुई एयर बस गरी तीन वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री