शुक्रबार, १४ वैशाख २०८१

केएल टावरलेसुरु गर्यो ‘रमाईलो दशै तिहार ’ योजना

समयपोष्ट २०७३ असोज १३ गते ६:३१


काठमाडौं । चावहिल चुच्चेपाटी स्थित केएल टावरले दशैं तिहारका लागि ‘रमाईलो दशै तिहार ’ योजना सूरु गरेको  छ। 

Advertisement

असोज १० गतेदेखि सुरु भएको यो कार्यक्रम कात्तिक २७ गतेसम्म चल्नेछ ।

‘रमाईलो दशै तिहार ’ योजना अन्तर्गत ग्राहकले साप्ताहिक तथा बम्पर उपहार प्राप्त गर्नसक्नेछन् ।

बम्पर उपहारमा टेलिभिजन, वासिङ मेशिनदेखि टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जेस्ट स्कुटर तथा बैंकक भ्रमणको अवसर पाउने 
मलले जनाएको छ ।  मलमा एक हजार रुपैयाँ बराबरको खरिदमा ग्राहकले कुपन प्राप्त गर्नेछन् । 

सोही कुपनका आधारमा गोलाप्रथाद्धारा उपहार विजेता छनौट गरिने छ । 
 

उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, फुडकोर्टको लन्च कुपन लगायत रहेका छन् भने साप्ताहिकमा टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान रहेको छ ।

साप्ताहिक उपहारमा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा पाँच हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि रहेको छ। 
 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री