बिहीबार, ६ वैशाख २०८१

नेपाल बंगलादेश बैंकले शैक्षिक प्रमारणपत्र धितो राखेर ऋण दिने

समयपोष्ट २०७३ असोज १३ गते ५:५७


काठमाडौं । नेपाल बंगलादेश बैंकले विद्यार्थीहरुलाई शैक्षिक प्रमारणपत्र धितो राखेर ऋण दिने भएको छ । 

Advertisement

चाटर्ड एकाउन्टेन्ट पढ्ने विद्यार्थीहरुलाई  प्रमाणपत्र धितो राखि  बैंकले ऋण उपलब्ध गराउन लागेको हो ।

नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का अध्यक्ष महेश खनालबिच  शैक्षिक कर्जा उपलब्ध गराउने समझादारी पत्रमा बुधबार हस्ताक्षर भएपछि बैंकले शैक्षिक कर्जा दिने भएको हो ।

सम्झौताअनुसार आइक्यानले सञ्चालन गर्ने सीए शिक्षाको अन्तिम तहमा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययनको क्रममा सहुलियत दरमा ३ लाख रुपैयाँसम्म शैक्षिक कर्जा उपलब्ध गराइने छ ।

बैंकले विद्यार्थीहरुलाई लक्षित गर्दै आइक्यानको सातदोबाटो स्थित भवनमा काउन्टरसमेत सञ्चालनमा ल्याएको छ ।

शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले यो योजना सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री