शनिबार, ८ वैशाख २०८१

तौल बढाउने केही घरेलु उपाए

समयपोष्ट २०७३ असोज ११ गते ७:१४


दिनभरी काम गर्दा ,हर्मोनल चेञ्जेज अथवा केही रोगका कारण शरीरको तौल असामान्य तरिकाले घट्न सक्छ । यसरी तौल घट्दा कमजोरी महसुस हुने ,रोग प्रतिरोधात्मक क्षमता कम हुदै जाने र विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छन्। आयुर्वेद एक्सपर्टहरुका अनुसार यसरी असामान्य रुपमा तौल घट्दै गएको छ भने केही घरेलु उपाए हरेक दिन अवलम्वन गरी शरीरको तौल बढाउन सकिन्छ । 

Advertisement

१. छोगडा ५ ओटा,काजु ३ ओटा  र २ ओटा बदाम एक गिलास दुधमा हालेर उमाल्नुहोस् । त्यसमा दुई चम्चा मिश्री हालेर हरेक साँझ सुत्नु अघि खाने गर्दा तौल बढ्दै जान्छ ।

२.बेलुका र विहान दुई ओटा केरा र एक गिलास दुध खाने गर्नुहोस ।

३.एक गिलास दुधमा एक चम्चा मह एक चौथाई दाल चिनी पाउडर मिसाएर खानेगनुहोस् ।

४. १५ ओटा जति दाखलाई तातो पानीले धोएर साँझमा भिजाइदिनुहोस् । विहान उठेपछि त्यसको पानी पिउनुहोस् र दाखलाई पनि खानुहोस् ।

५.रातमा ५ चम्चा जति चनाको दाललाई एक गिलास काँचो दुधमा हालेर राखिदिनुहोस् । विहान त्यहि दुधमा पाँच ओटा  किसमिस र मिश्री मिसाएर खाने गर्नुहोस् ।

६.अमलाको पाउडरमा मिश्री पिनेर मिसाउनुहोस् र सुत्नु अघि हरेक रात एक चम्चा खाने गर्नुहोस् ।

७.खाना खाइसकेपछि एक चम्चा घिउँमा एक चम्चा मह मिसाएर खाने गर्नुहोस् । 

८.सुप र मिश्रीलाई बराबर मात्रामा मिलाएर पिध्नुहोस र धुलो बनाउनुहोस् । खाना खाएपछि दुइ चम्चा हरेक दिन खाने गर्नुहोस् ।

९.दुई चम्चा मेथीको गेडालाई पाँच घण्टा सम्म पानीमा भिजाउँनुहोस् । त्यसपछि त्यसलाई उमालेर छान्नुहोस् । अनि दुई चम्चा मह मिलाएर खानुहोस् ।

१०.अनारको बोक्रालाई सुकाएर पिध्नुहोस् र हरेक दिन विहान र बेलुका एक चम्चा खाने गर्नुहोस्  ।

११.हरेक दिन एक गिलास पालुंगोको जुस पिउँने गर्नुहोस् । यसले शरीरमा इनर्जी दिन्छ र तौल पनि बढ्दै जान्छ ।

१२.एक चम्चा मह र एक चम्चा बेसारको धुलो मिसाएर हरेक दिन खानुहोस् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री