शुक्रबार, १४ वैशाख २०८१

प्रा. डा. गोविन्द केसीको नवौं आमरण अनसन सुरु

समयपोष्ट २०७३ असोज १० गते १०:५९


काठमाडौं। त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नवौं आमरण अनसन सुरु गरेका छन् ।

Advertisement

अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजन नारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने सहितका चारबुँदे माग राख्दै डा. केसी सोमबार अपराहृनबाट अनसन सुरु गरेका हुन् ।

सरकारले यसअघिको सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै उनले अब अख्तियार प्रमुखलाई महाअभियोग लगाउने प्रक्रिया सुरु नभएसम्म अनसन नतोड्ने बताए ।


उनले यसअघि असोज ३ गतेबाट अनसन बस्ने भनेका थिए । तर, सरकारले सहमति कार्यान्वयनको प्रक्रिया सुरु भएको जानकारी गराएपछि एक साताका लागि अनसन स्थगित गरेका थिए ।

प्रा.डा. गोविन्द केसीका माग

१.आफ्ना सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने

२. अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजननारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने ।

३.शुल्क निर्धारण समिति खारेज गर्नुपर्ने 

 ४. यसअघिको सहमति अनुसार आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने 

५. संसदमा विचाराधीन मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्ने 

प्रतिक्रिया

सम्बन्धित सामाग्री