शनिबार, १५ वैशाख २०८१

टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशक राजभण्डारीद्वारा पदभार ग्रहण, विविध प्रविधिका दूरसञ्चार सेवा विस्तार गर्ने प्रतिबद्धता

समयपोष्ट २०७३ असोज १० गते ४:१६

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीले आफ्नो कार्यभार सम्मालेकी छिन् । उनले आइतबारवाट कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रबन्ध निर्देशकको पदभार ग्रहण गरेकी हुन् ।

Advertisement

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्धक निर्देशक राजभण्डारीले विविध प्रविधिका दूरसञ्चार सेवा विस्तार गर्ने, प्रभावकारी ग्राहक सेवा उपलब्ध गराउने, डाटा सेवामा विशेष ध्यान केन्द्रीत गर्ने, योजना आयोजना यथासमयमा सम्पन्न गर्ने तथा मर्मत सम्भारको कार्य स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।  संगठनात्मक संरचनालाई सबल बनाउँदै कम्पनीको विकासमा लाग्नुपर्ने, विकसित कार्य संस्कार, अझ राम्रो आपसी सम्बन्ध र समन्वय गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् ।
राजभण्डारीलाई मन्त्रीपरिषद्को असोज ६ गतेको निर्णयले तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । उनले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक ९वीइ० र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१ मा एमवीए गरेकी छिन् । २०४२ असोज १ गते इञ्जिनियरको रुपमा तत्कालिन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेकी उनी ०६३ कात्तिक १९ मा प्रबन्धक पदमा बढुवा भएकी थिइन् । २०७१ असारमा नायब प्रबन्ध निर्देशकको पदमा पदोन्नति भएकी उनी २०७२ माघ २९ देखि प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन् ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सञ्चालक समितिमा २०७३ असार ३ गते देखि बरिष्ठ प्राविधिक विशेषज्ञका रुपमा सञ्चालक सदस्य रहेर काम गर्दै आएकी थिइन् । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री