बिहीबार, १३ वैशाख २०८१

दशैको लागि सर्वसाधारणले भोलि देखिनै नयाँ नोट पाउने:नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई नोट उपलब्ध गराउँन थाल्यो 

समयपोष्ट २०७३ असोज ९ गते ७:२६

 

Advertisement

काठमाडौं। दशैको लागि सर्वसाधारणले भोलि बाटनै नयाँ नोट पाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकले आजै देखि सम्पुर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउँन थालेको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले आज देखि असोज १४ गतेसम्म राष्ट्र बैंकबाट नयाँ नोट पाउँने छन् । 

राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणलाई असोज १६ गते मात्र नयाँ नोट उपलब्ध हुने छ ।  । 

बैंकले यसपाली लामो समयसम्म लाईनमा बस्नुपर्ने झन्झटबाट मुक्त पार्न सेवाग्राहीहरुलाई कुपनको ब्यवस्था गरेको छ । 

सर्वसाधारणलाई बैंकले  पाँच देखि सय रुपैयाँसम्मका दुई दुई बिटाका दरले नोटहरु उपलब्ध गराउने छ ।  त्यस्तै प्रतिब्यक्ति ३७ हजार रुपैयाँ सटही ब्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री