मंगलबार, ३ असार २०८२

जनशक्तिको विकासमा लगानी नगर्ने हो भने वित्तिय क्षेत्रको दिगो विकास सम्भव छैन :गभर्नर

समयपोष्ट २०७३ असोज ७ गते ९:१२


काठमाडौँ ।नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले जनशक्तिको विकासमा लगानी नगर्ने हो भने वित्तिय क्षेत्रको दिगो विकास सम्भव नहुने बताएका छन् । 

Advertisement

काठमाडौँमा शुक्रबार सुरु भएको एसियन प्यासिफिक एसोसिएसन अफ बैंकिङ इन्ष्टिच्युट (अपावी)  को अन्तर्राष्ट्रिय संम्मेलनमा बोल्दै गभर्नर नेपालले पछिल्लो २५ बर्षमा बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आए पनि जनशक्तिको विकासमा लगानी नगर्ने हो भने वित्तिय क्षेत्रको दिगो विकास सम्भव हुने नसक्ने बताएका हुन् । 

त्यहि अभावलाई सम्बोधन गर्नको लागि  कुल कर्मचारी खर्चको तीन प्रतिशत तालिम र क्षमता अभिबृद्धका लागि खर्चनै पर्ने ब्यवस्था चालु आर्थिक बर्षको मौद्रिक नीतिमा गरेको उनले जानकारी दिए। 

कार्यक्रममा नेपालले बित्तिय क्षेत्रको संवेदनशीलता धान्ने गरि कर्मचारी अपग्रेड हुन नसकेको पनि बताए।

उनले बैंकिङ क्षेत्रको प्रभावकारीता र जोखिम न्युनिकरणका लागि जनशक्ति विकासमा लगानी बढाउनु पर्नेमा जोड दिए । 

Advertisement

गभर्नर नेपालले  संस्थाको संख्यात्मक विकास धेरै भइसकेकाले पहुँच र समावेशीता बढाउने तर्फ लाग्नु पर्ने बताए । 

एसियन प्यासिफिक एसोसिएसन अफ बैंकिङ इन्ष्टिच्युट (अपावी) मा १७ देशका वित्तिय क्षेत्रका कर्मचारीलाई तालिम दिने संस्था सहभागि रहेका छन्।

दुई बर्षका लागि अपावीको अध्यक्षता नेपाल बैंकिङ इन्ष्टिच्युटले गरेको छ। 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री