शनिबार, १५ वैशाख २०८१

पूर्व  बैंकर कमल ज्ञवाली र उनकी श्रीमतीलाई ३ वर्ष जेल र साढे १२ करोड जरिवाना

समयपोष्ट २०७३ असोज ५ गते ५:०३

पूर्व  बैंकर कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले जेल र जरिवानाको सजाय सुनाएको छ । तत्तकालिन किष्ट बैंकका पूर्व प्रबन्ध सञ्चालक ज्ञवाली र उनकी श्रीमतीलाई जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा दोषी ठहर गरेको हो ।

Advertisement

 अदालतले  उनिहरुलाई  तीन बर्ष जेल र १२ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।  न्याधीसहरु डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले  यही मुद्धामा ऋणी किशोर ढकाल र सम्पति मूल्यांकनकर्ता  भ्यालुएटर कोमानन्द अधिकारीलाई जेल र जरिवानाको फैसला गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री