शनिबार, १५ वैशाख २०८१

दशैंमा सर्वसाधारणले प्रतिब्यक्ति३७ हजार रुपैयाँ सम्म नयाँ नोट सटही  गर्न सक्नेछन् : नेपाल राष्ट्र बैंक

समयपोष्ट २०७३ असोज ४ गते ६:५३


काठमाडौं ।नेपाल राष्ट्र बैंकले दशैको लागि  प्रतिब्यक्ति३७ हजार रुपैयाँसम्म नयाँ नोट सहटी गर्न सक्ने व्यवस्था मिलाएको छ ।

Advertisement

थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागवाट सर्वसाधारणले यो सेवा पाउनेछन् । अघिल्लो दशैमा बैंकले प्रति व्यक्ति २२ हजार रुपैयाँ मात्र उपलव्ध गराएको थियो ।

सटही सेवा ‘क’ ‘ख’ र ‘ग’ बर्गका बैंक तथा बित्तीय संस्थावाट सर्वसाधारणले असोज १६ गतेवाट पाउँनसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा बित्तीय संस्थालाई  भने असोज ९ गतेवाट १४ गतेसम्म राष्ट्र बैंकले नयाँ नोट उपलव्ध गराईसक्ने छ ।

राष्ट्र बैंकका अनुसार बैंकले ५ रुपैयाँदेखि एक सय रुपैयाँ सम्मका नयाँ नोट सटही गर्न सक्ने व्यवस्था मिलाईएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री