शुक्रबार, १६ चैत २०८०

स्थानीय तहको निर्वाचनको मिति छिटै तय हुन्छ :प्रधानमन्त्री

समयपोष्ट २०७३ असोज ३ गते ६:०६


 काठमाडौं – प्रधानमन्त्री पुष्पककमल दाहाल ‘प्रचण्ड’ले छिटै स्थानीय तहको निर्वाचनको मिति तय  हुने बताएका छन् । 

Advertisement

संविधान दिवस, २०७३ को अवसरमा सैनिक मञ्च टुँँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रचण्डले छिटै स्थानीय तहको निर्वाचनको मिति तय गरिने बताएका हुन् ।

 प्रधानमन्त्रीले तीनै तहका निर्वाचन सम्पन्न गर्न सरकार क्रियाशील रहेको र  सबै पक्षसँग सघन सम्वादको प्रक्रियाबाट निवार्चनको मिति  तय गरिने बताए । 

 समारोहमा प्रचण्डले सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै, विश्वका कुनै पनि संविधान एकैचाटी पूर्ण नभएको र समय समयमा हुने संशोधनबाट संविधान परिस्कृत र परिपक्व हुने पनि बताए ।

उनले हाम्रो देशको संविधान गतिशील र जीवन्त दस्तावेज भएकाले मूलुकको वस्तुगत परिस्थिति र जनताको आकांक्षा अनुसार यसलाई संशोधन गर्नुपर्ने जानकारी दिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले ‘संविधान संशोधनमार्फत् मधेशी, थारु, आदिबासी जनजाति लगायत समुदायका गुनासाहरुको यथोचित सम्बोधन भई संविधानको स्वीकार्यता फराकिलो पारेर संविधान कार्यान्वयन हुने’ विश्वास व्यक्त गरे । 


समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानन्यायाधीश सुशीला कार्की, सभामूख ओनसरी घर्ति, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमूखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, सुरक्षा अंगका प्रमूखहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री