बुधबार, २६ वैशाख २०८१

अब सेयर धितो राखेर नबिल बैंकबाट सस्तो ब्याजदरमा कर्जा

समयपोष्ट २०७७ असोज ११ गते २०:०३

Advertisement

नबिल बैंकले नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखी सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिसत्को आकर्षक ब्याजदरमा उपलब्ध हुँने जनाएको छ ।

बैंकका अनुसार आगामी बडा दशैंको सु-अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा उपलब्ध हुँने छ ।

नबिल बैंक नीजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री