बुधबार, २६ वैशाख २०८१

कोरोना संक्रमणका कारण यी चर्चित गायकको निधन

समयपोष्ट २०७७ असोज १० गते १६:३८

Advertisement

दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा अन्तिम श्वास फेरेका हुन् ।

कोरोना संक्रमित बालासुब्रमण्यमलाई गत ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार १ बजेर ४ मिनेटमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि बालासुब्रमण्यमले १९८१मा हिन्दी फिल्मका गीत गायन सुरु गरेका थिए । कमल हसन अभिनित ‘एक दुजेके लिए’ फिल्मको ‘तेरे मेरे बीचमे’ बोलको गीतबाट उनले बलिउड गायन करियर सुरु गरेका थिए । यो फिल्मको गीतबाट उनलाई नेशनल अवार्ड समेत मिलेको थियो ।

बालासुब्रमण्यमले एकै दिनमा २१ कन्नड गीतलाई आवाज दिएर रेकर्ड समेत बनाएका थिए । सबैभन्दा बढी(४००००) गीत गाउने गायकको रुपमा पनि उनको गिनीज रेकर्डमा पनि नाम रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री