शुक्रबार, ७ वैशाख २०८१

भूकम्पपछिको पुन: निर्माणका लागि भारतद्वारा १ अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण

समयपोष्ट २०७७ असोज ८ गते ११:४२

Advertisement

भारत सरकारले नेपालमा भूकम्पपछिको पुन:निर्माणका लागि १ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच भारतीय दुतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाद्वारा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

भारतले आवास तथा विद्यालय पुन:निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको रकम उपलब्ध गराएको हो ।

भारतले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुन:निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ ।

भारतले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुन:निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै ले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुन:निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यस मध्ये भारतले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

भूकम्पपछिको पुन:निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको भारतले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री