पुन: लकडाउन ! यी ब्यवसाय १ महिना बन्द गर्न सिफारिस
समयपोष्ट
२०७७ असोज ७ गते १७:२२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या यसरी नै बढ्दै गए पुन: लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।
गौतमका अनुसार २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकोले बैठकले सरकारलाई पुन: लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । अहिले सक्रिय संक्रमितको संख्या १७ हजारभन्दा माथि छ ।
त्यस्तै बैठकले कोरोना संक्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया