
पछिल्लो २४ घण्टामा थप एक हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ४४९ वटा पीसीआर परीक्षण गर्दा एक हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८०७ पुगेको छ ।
आज थप एक हजार ८९३ जना डिस्चार्ज भएका छन् । यससंगै कुल डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।
हाल होम आईसोलेसनमा ९ हजार १८६ जना छन् भने संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना छन् ।
हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।










प्रतिक्रिया