शुक्रबार, १४ वैशाख २०८१

चस्मा लगाउने व्यक्तिलाई कोरोना भाइरसको संक्रमण कम !

समयपोष्ट २०७७ असोज २ गते २१:२३

Advertisement

चस्मा लगाउने व्यक्तिलाई कोरोना भाइरसको संक्रमण कम हुने एक अध्ययनले देखाएको छ ।

चिनियाँ वैज्ञानिकको टोलीले ४७ दिनको अन्तरमा २ सय ७६ जना बिरामीमा गरिएको अध्ययनमा चस्मा लगाउने व्यक्तिलाई नलगाउने व्यक्तिको तुलनामा कोरोना संक्रमणको चान्स न्युन हुँने बैज्ञानिकको निष्कर्ष छ ।

चस्मा लगाएपछि मानिससँग कुराकानी गर्दा वा हावाको सतहमा भएका भाइरस आँखामा सिधै प्रवेश गर्ने सम्भावना कम हुन्छ । बेलाबेलामा आँखा मिच्ने सम्भावना पनि कम हुन्छ ।

यस्तै अन्य कुनै कारण छ कि भनेर अध्ययनमा जोड दिइएको न्युयोर्क टाइम्समा उल्लेख छ । सो बिषयमा थप अध्ययन गर्नुपर्ने स्वास्थ्यविद्हरुको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री