शुक्रबार, ७ वैशाख २०८१

‘ट्रम्पले बाथरुमबाट निस्किने बितिक्कै जथाभावी चुम्दै सबै अंगहरुमा हात पुर्याए’

समयपोष्ट २०७७ असोज २ गते १०:०५

Advertisement

 

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि एक मोडलले यौन उत्पिडनको आरोप लगाएकी छिन् ।

अमेरिकी पुर्व मोडल एमी डोरिसले सेप्टेम्बर १९९७ मा अमेरीकाको क्विन्समा आयोजित युएस ओपनको समयमा ट्रम्पले आफुुमाथि योन दुब्र्यवहार गरेको बताएकी हुन् ।

उनले बेलायती अखबार गार्जियनलाई डोरिसले दिएको अन्र्तवार्तामा बाथरुमबाट बाहिर निस्किने बितिक्कै लबिमा बसेका ट्रम्पले आफुलाई अंगालो हालेको बताएकी छिन् । त्यसपछि आफुलाई जथाभावी चुम्दै आफ्ना सबै अंगमा हात पुर्याएको उनले बताएकी छिन् ।

त्यतिबेला ट्रम्प ५१ बर्षका र डोरिस २४ बर्षकी थिईन्। यो घटनापछि आफू बिरामी परेको र अपमानित महसुस गरेको उनले बताएकी छन् ।
यो विषयमा ट्म्पले वकिलहरु मार्फत खण्डन गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री