शुक्रबार, १४ वैशाख २०८१

प्रभु मनि ट्रान्सफरले ल्यायो ‘प्रभु–लक्की सेभेन’ योजना

समयपोष्ट २०७३ असोज २ गते ४:२७

प्रभु मनि ट्रान्सफरले नेपालीहरुको चाड दशै, तिहार र छठ पर्वको अवसरमा ‘प्रभु–लक्की सेभेन’ नामक उपहार कार्यक्रम ल्याएको छ ।  असोज १ गते देखि कात्तिक २० गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।

Advertisement

विदेशबाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्वरलाई लक्की ड्र मा समावेश गरी भाग्यशाली विजेता छानिने जनाएको छ । कम्पनीका अनुसार हरेक साता विजेता ग्राहकहरुको नाम कम्पनीको वेवसाईटमा सार्वजनिक गरिने छ । 

प्रथमहुनेका लागि यामाहाको सालुटो बाइक –१ र यामाहाको रे–जेठ स्कूटी–१ रहेका छन् । सो कार्यक्रममा हरेक हप्ता एक-एक थान एलइडी टि.भि डिसहोम र मोवाईल सेट प्रदान गर्ने बताइएको छ । सात जनालाई हरेकदिन एनसेल वा एनटिसीको दुई सय रुपैयाँको रिचार्ज कार्ड उपलब्ध गराउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री