
पछिल्लो २४ घण्टामा थप १ हजार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार १६५ वटा पीसीआर परीक्षण गर्दा थप १ हजार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।
होम आईसोलेसनमा ७ हजार ३८७ जना छन् भने संस्थागत आईसोलेसनमा ७ हजार ७७० जना रहेका छन् । आइतबार थप १ हजार १७३ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ ।









प्रतिक्रिया