बुधबार, १२ वैशाख २०८१

 रेडबुल र आमा इभेन्ट म्यानेजमेन्टको सहकार्यमा फुटसल टुर्नामेन्ट हुने

समयपोष्ट २०७३ असोज २ गते ४:२१

 रेडबुल र आमा इभेन्ट म्यानेजमेन्टको सहकार्यमा राष्ट्रिय स्तरको फुटसल टुर्नामेन्ट हुने भएको छ । काठमाडौंमा हुने ‘रेडबुल फुटसल लिग’ फुटसल क्षेत्रकै अत्याधिक ठूलो टुर्नामेन्ट भएको कम्पनीको दाबी छ । यसमा १६ टिमले सहभागिता जनाउने छन् भने उक्त टिमहरूलाई दुई भागमा विभाजन गरी खेलाइनेछ । हरेक टिममा १२  खेलाडी, १ कोच र १ म्यानेजर रहनेछन् ।

Advertisement

हरेक टिमले होम एण्ड अवे फरम्याटमा  १४ गेम खेल्नेछन् । जसमा  आफ्नै कोर्टमा ७ गेम खेल्ने छन् भने बाहिर गएर ७ लिग गेम खेल्नेछन् । यस्तै, हरेक टिमले हरेक साता २ खेल खेल्नेछन् भने टुर्नामेन्ट काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ । 

लिगमा विजयी टिमले १० लाख नगद उपाहार जित्ने छन् भने सर्वाेत्कृष्ट खेलाडी र सर्वाेत्कृष्ट गोलरक्षकले ५० हजार नगद उपहार पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुने टिमहरूमा आदर्श फुटसल, बानेश्वर रिक्रिस्नल सेन्टर, बीजी बर्दर्स, चउर रिक्रिस्नल सेन्टर, ढुकु फुटसल हब, हरिसिद्धि फुटसल, हाई–वे फुटसल, इम्पेरियल फुटसल, किक अफ फुटसल, कीर्तिपुर फुटसल, कुमारी फुटसल, रजनी फुटसल, सामाखुसी फुटसल, शंखमूल फुटसल, ताहाचल फुटसल र ह्वाइट हर्स फुटसल छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री