विकासलाई गिज्याउने पुल : बीचमा पुल, दुवैतिर पानी, खेतमाथि किन चाहियो यो पुल?

धनुषाको सबैला नगरपालिका–४ मा धान खेतमाथि निर्मित पुल। २०७१ सालमा ४ करोड ५५ लाख रुपैयाँमा बनाइएको यो पुलमा गाडी गुड्दैन। न वारि सडक छ, न पारि। धनुषाकै सहिदनगरमा पनि ३ करोड ६२ लाख रुपैयाँमा उही साल उसरी नै खेतमा पुल बनाइएको छ।

Advertisement

‘दुवै पुल हेर्दा विकास योजनाको आवश्यकता एकातिर प्राथमिकता अर्कैतिर देखिन्छ’,
सेवानिवृत्त इन्जिनियर रामवृक्ष साहले भने। डिभिजन सडक कार्यालय धनुषाका इन्जिनियर चित्रनन्दनकुमार रानले भने पानीको उच्च बहावकै स्थानमा पुल बनेको दाबी गरे।

बीचमा पुल, दुवैतिर पानी

महोत्तरीको पिपरा–महोत्तरी गाउँपालिका जोड्ने विग्ही नदी बीचमा ठिङ्ग्रिङ्ग उभिएको झोलुंगे पुल। डेढ वर्ष लगाएर २०७५ सालमा बनाइसकिएको यो पुलका लागि करिब १ करोड २५ लाख लागेको छ। तत्कालीन जिविसले उपभोक्ता समितिमार्फत काम गराएको हो। सय मिटर लम्बाइको पुल चढ्न पूर्वतिर ५० मिटर र पश्चिमतिर सय मिटरभन्दा बढी खोला तर्नुपर्छ।

Advertisement

‘पुल खोलाको बीचमा बनेको देखिए पनि सर्भेअनुसारै काम भएको हो’, उपभोक्ता समितिका अध्यक्ष अरुण ठाकुरले दाबी गरे, ‘दायाँ–बायाँ माटो पुर्न बजेट नहुँदा यस्तो भयो।’ आजको अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री