‘उपत्यकाका नाकामा सेना परिचालन गर्नुपर्छ’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

Advertisement

प्रतिनिधिसभाको शिक्षा समिति अन्तरगतको उपसमितिको आइतबारको छलफलमा प्रजिअ दाहालले नेपाल प्रहरीले सबैक्षेत्र हेर्नुपर्ने भएकाले नेपाली सेना परिचालन गर्नुपर्ने बताए ।

समिति बैठकमा उनले भने, ‘नाका ठप्प पार्न सकिएको छैन । ठप्प पार्ने हो भने भोकमरी हुन्छ । जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आउँछन् । अहिले नेपाल प्रहरी खटाइएको छ, उसले गर्न सकेन भन्ने होइन । तर सडकमा लडेको जड्याहालाई उठाउनेदेखि सुन चोरसम्म पक्राउ गर्नुपर्ने जिम्मा छ। नाकाको जिम्मा नेपाली सेनालाई दिऔं ।’

सेना परिचालनका लागि कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी) मा प्रस्तावसमेत पठाए पनि कुनै निर्णय नभएको जानकारी दिए । संक्रमण बढ्दै जाँदा मृत्यु हुनेहरुको संख्या पनि बढ्ने र अहिले भएको ठाउँले नधान्ने अवस्था आउनसक्ने भन्दै प्रजिअ दाहालले मृत शरिरको व्यवस्थापनका लागि ठाउँ खोज्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री