
विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणपछि सरकारले चैत्र ११ गतेबाट लकडाउन गर्यो । सम्पुर्ण ब्यवसाय तीन महिनासम्म ठप्प रह्यो । जताततैबाट दबाब आएपछि सरकार लकडाउन खोल्न बाध्य भयो ।
स्वास्थ सावधानी अपनाउँदै लकडाउन खुले पनि सबै क्षेत्र पुर्ण रुपमा सञ्चालनमा आउन सकेका थिएनन् । संक्रमण फैलिएको भन्दै सरकारले पुन: निषेधाज्ञा जारी गर्यो । लकडाउनमा समेत कर तिर्न ताकेता गरेको सरकारले निषेधाज्ञामा समेत सोही कुरा दोहोर्याएको छ । अनलाइनबाट कर तिर्न सकिने भन्दै भदौ २५ गतेसम्म कर नतिरे जरिवाना लाग्ने भनेको छ । सरकारले जारी गरेको तेस्रो चरणको निषेधाज्ञा यहीँ भदौँ २४ गते समाप्त हुँदै छ ।
आन्तरिक राजस्व विभागले निषेधाज्ञा सकिएको भोलिपल्टबाटै सरकारलाई बुझाउनुपर्ने अन्त:शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर नबुझाए करदातालाई कानूनअनुसार जरिवाना लाग्ने बताएको हो ।
विभागका महानिर्देशक विनोद कुँवरले अहिले लकडाउन नरहेकाले करदाताले अनिवार्य रुपमा कर तिर्नुपर्ने बताए । ‘करदाताले आफ्नो आम्दानीको विवरण अनलाइनबाट बुझाउन सक्छन्,’ उनले भने, ‘आम्दानी गरेको भए कर तिर्नुपर्छ नगरेको भए परेन ।’
‘आम्दानी नगरेकाले के को कर बुझाउनु । जसले आम्दानी गरेको छ, उसले अनलाइनबाट भुक्तानी गर्दा भइहाल्छ,’ उनले भने, ‘विवरण बुझाउँदा सबै कुरा उल्लेख हुने भएकाले सोही अनुसार विभागलाई जानकारी प्राप्त हुन्छ ।’
यसैबीच व्यवसायीले भने निषेधाज्ञाकाबीच कर बुझाउन नसकिने बताएका छन् ।










प्रतिक्रिया