निको भइसकेका मानसिक रोगीमा पुनः समस्या बल्झिन थाल्यो

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण र यसले सिर्जना गरेको संकटका कारण निको भइसकेका मानसिक रोगीमा पुनः सोही समस्या बल्झिन थालेको छ।

Advertisement

मनोचिकित्सकहरू निको हुँदै गरेका र औषधि सेवन गरेर घरमै बसिरहेका मानसिक रोगीहरू पुनः उपचारका लागि अस्पतालमा आउन थालेको बताउँछन्। ‘कोरोना संकटले निम्त्याएको समस्याका कारण निको भइसकेका तथा सामान्य अवस्थामा रहेका मानसिक रोगी पुनः अस्पताल आउन थालेका छन्,’ मानसिक अस्पताल लगनखेल, ललितपुरका वरिष्ठ मनोचिकित्सक वासुदेव कार्कीले भने।

कोरोनापछि उत्पन्न असहज परिस्थिति, लकडाउनलगायत कारण सेवन गरिरहेको औषधिको सहज उपलब्धता नभएपछि पहिले सामान्य अवस्थामा पुगिसकेका बिरामी पुनः अस्पताल आउन थालेको कार्की बताउँछन्। कोरोना संकटपछि नयाँ मानसिक बिरामी पनि अस्पताल आउन थालेको उनी बताउँछन्। कतिपय कोरोना संक्रमितले मानसिक स्वास्थ्यबारे टेलिफोनमार्फत मनोचिकित्सकसँग परामर्श लिइरहेको जानकारी कार्कीले दिए।

कोरोना सिर्जित मानसिक समस्यासँगै आत्महत्याका घटना पनि बढिरहेको मनोचिकित्सक बताउँछन्। चैत ११ देखि साउन ४ सम्म दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन्। सरकारी तथ्यांक अनुसार गत वर्ष पाँच हजार सात सय ३४ जनाले आत्महत्या गरेकोमा यो वर्ष ६ हजार दुई सय ६१ जनाले आत्महत्या गरेका छन्। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री