बिहीबार, २७ वैशाख २०८१

‘विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार छ’

समयपोष्ट २०७३ असोज १ गते ७:५७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीको वातावरण उपयुक्त बन्दै गएको बताएका छन् ।

Advertisement

नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले शनिबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको बताए ।

प्रधानमन्त्री दाहालले सरकारले लगानी एवम् राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गरे ।

उनले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राखे ।
‘विगतमा भएका अप्ठ्यारा सङ्लदै गएको छ, अब शङ्का गर्नुपर्ने कारण छैन’ प्रधानमन्त्री दाहालले भने, ‘भारत र चीन जस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै सक्दैन, अब समृद्धिको ढोका खुलेको छ ।’

भारतका व्यापारीले नेपालमा पछिल्लो समय लगानीका लागि उपयुक्त समय आएको महसुस गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत गर्नुपर्नेमा उनले जोड दिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री