शुक्रबार, ७ वैशाख २०८१

एनएमबि बैंकले ल्यायो बचत योजना ‘एक घर एक खाता’  :एम्बेस्डर बने राजेश हमाल

समयपोष्ट २०७३ भदौ ३० गते ७:१६

 

Advertisement

काठमाडौं । सरकारको वित्तीय पहुँच विस्तार गर्ने कार्यक्रमलाई सहयोग गर्न  एनएमबि बैंकले एक घर एक खाता नामक बचत योजना सञ्चालनमा ल्याएको छ । 
यस योजनामा बैंकले जनताको घरदैलोमा गई  बैंक खाता खोल्न सिकाउने र बैंक खाता खोल्दा हुने फाइदाका बारेमा सूसुचित गर्ने छ ।

बैंकले यो खाता खोल्दा कति व्याज दिने  भन्ने नखुलाए  पनि अरु खाताहरुमा भन्दा राम्रो दिने बताएको छ । 
पहिलो चरणमा गत साउनमै बैंकले  यो योजनाको सुरुवात गरेतापनि हाल यसलाई देशव्यापी बनाउन लागेको हो ।

यस अभियानलाई सफल बनाउन बैंकले आफ्ना शाखाहरु विस्तार गर्दै लैजाने बताएको छ । यो योजनामा बैंकले  नायक राजेश हमाललाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ ।  


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री