मंगलबार, ४ वैशाख २०८१

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

समयपोष्ट २०७३ भदौ ३० गते ६:४७

 

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश ( बोनश शेयर) वितरण गर्ने भएको छ । 

गत वर्ष बैंकले १ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सोही नाफाबाट बैंकको  सञ्चालक समितिको बैठकले बोनस सेयर दिने निर्णय गरेको हो ।

 लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र ग्लोव आइएमइ बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिने छ ।

बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ७ अर्व १५ करोड ५ लाख ५० हजार ३ सय ४२ रुपैया  पुग्ने छ ।

७६.८४ अर्व निक्षेप, ६४.६३ अर्व कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४२ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।  

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गरिहेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री