बिहीबार, ६ वैशाख २०८१

नेपाल महिला संघको महाधिवेशन सुरु : देउवा र पौडेल समूह छुट्टा छुट्टै प्यानलको तयारीमा

समयपोष्ट २०७३ भदौ २९ गते १०:४६

 
काठमाडौं । ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन सुरु भएको छ  । 

Advertisement

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको समुद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार काठमाडौंको भृकुटीमण्डपमा गरेका हुन् । 
भदौ ३१ गतेसम्म  चल्ने महाधिवेशनमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारीमा छन् ।

कृष्णप्रसाद सिटौला र सभापति  देउवाको संयुक्त प्यानलबाट अध्यक्षमा उमा रेग्मी अधिकारी र महासचिवमा धना खतिवडालाई उम्मेदवार बनाइएको छ भने रामचन्द्र पौडेल पक्षबाट अध्यक्षमा मिना पाण्डेले उमेदवारी दिएकी छिन् । 

महाधिवशेनमा मुलुकभरबाट करिब दुई हजार २०० जना प्रतिनिधि सहभागी हुनेछन् । निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री